फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल’ राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गरेका छन् ।
फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामाकरण गर्ने सहमतिमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रुपमा लागू हुने जनाइएको ।
सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले फ्लोरिडा एयरपोर्टको पुनः नामाकरण गर्न सकारात्मक भूमिका खेलेकोमा फ्लोरिडाका गभर्नर रोन डिसान्टिस, फ्लोरिडाका महान्यायाधिवक्ता लगायत फ्लोरिडा हाउसका प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् ।
यद्यपि, उड्डयन प्रशासनले विज्ञप्ति जारी गर्दै नाम परिवर्तनलाई अनुमोदन नगरेको जनाएको छ ।
ट्रम्पको पारिवारक गत फेब्रुअरीमा विमानस्थलको पुनः नामाकरणका लागि आवेदन दायर गरेको सीबीएस न्यूजले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया