प्रधानमन्त्री देउवाले दिए फ्रान्सका राष्ट्रपतिलाई बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।
फ्रान्सका राष्ट्रपति म्याक्रोँ अर्को कार्यकालका लागि पुनःनिर्वाचित भएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया