श्रीलंकाद्वारा ३९ देशलाई निशुल्क पर्यटन भिसा दिने तयारी
एजेन्सी– श्रीलंकाले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरूलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी छ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ । यससँग सम्बन्धित नियमहरू मन्त्रिपरिषद्को स्वीकृति पछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन् ।
पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले यो प्रयास सन् २०२५ जुलाई –२१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो । यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकहरूलाई निःशुल्क पर्यटक भिसा जारी गरिने मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले पत्रकारहरूसँगको साक्षातकारमा बताएका छन् ।
अध्यागमन र आप्रवासन ऐनका प्रावधानहरू अनुरूप कानुन विभागले योजनाका लागि मस्यौदा नियमहरू तयार गरेको जनाइएको छ । जुन नियमहरू अनुमोदनका लागि संसद्मा पेस गरिने कार्यक्रम रहेको जनाइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया