इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको धम्की
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने चेतावनी दिएका छन्। ट्रम्पले मंगलबार सम्ममा ‘स्ट्रेट अफ हर्मुज’ नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिँदै आएका छन्। उनले दिएको समयसीमा सकिन लाग्दा इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने धम्की दिएका हुन्।
‘पूरै देशलाई एकै रातमा सखाप पार्न सकिन्छ। र त्यो रात भोलि नै हुन सक्छ,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।
अमेरिकासँग इरानका प्रत्येक पुलहरू ध्वस्त पार्ने योजना भएको पनि उनले दाबी गरे। ‘केही घण्टाभित्रै इरानका हरेक पावर प्लान्टहरू काम नलाग्ने हुनेछन्, जल्नेछन्, विष्फोट हुनेछन् र फेरि कहिल्यै प्रयोगमा आउने छैनन्,’ उनले थपे।
त्यस्तो भए अमेरिकाले युद्धपछि इरानको तेल नियन्त्रण गर्ने घोषणा गरेका छन्। ‘विजेताकै हातमा लुटको धन हुन्छ,’ उनले जिकिर गरे।
ट्रम्पले दिएको समयसीमा अघि नै ४५ दिने युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका छन्। तर त्यो प्रयास सफल हुने संभावना कम हुँदै गएको मानिन्छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया