अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ
इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न भएलगत्तै एक विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई युद्धविरामको प्रतिबद्धता कायम राख्न आग्रह गरेका छन् । वार्ता निष्कर्षविहीन टुङ्गिएपछि पाकिस्तानले क्षेत्रको स्थिरताका लागि संयमता अपनाउन जोड दिएको हो ।
सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै परराष्ट्रमन्त्रीले भनेका छन्, “अहिलेको अवस्थामा दुवै पक्षले युद्धविरामको पालना गर्नु अनिवार्य छ ।” उनले वार्तामा देखिएको केही सकारात्मक पक्षलाई निरन्तरता दिँदै यस क्षेत्रको दीर्घकालीन शान्ति र समृद्धिका लागि अघि बढ्न दुवै देशलाई आह्वान समेत गरेका छन् ।
पाकिस्तानले आगामी दिनमा पनि अमेरिका र इरानबीचको संवादलाई सहज बनाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहने प्रतिबद्धता जनाएको छ । “हामी आशा गर्छौं कि दुवै पक्षले सकारात्मक भावनाका साथ वार्तालाई अगाडि बढाउनेछन्, जसले यस क्षेत्र र समग्र विश्वलाई नै लाभ पुग्नेछ,” विज्ञप्तिमा उल्लेख छ ।
इस्लामावादमा भएको यस वार्ताले कुनै ठोस नतिजा निकाल्न नसके पनि पाकिस्तानले दुवै शक्ति राष्ट्रलाई संवादको टेबुलमा टिकाइराख्न कूटनीतिक प्रयास जारी राख्ने स्पष्ट पारेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया