अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास
काठमाडौँ । मध्यपूर्व तनाव शान्त पार्ने विषयलाई लिएर अमेरिका र इरानबीच फेरि वार्ता हुने भएको छ ।
पाकिस्तानको इस्लामावादमा भएको वार्ता असफल भएपछि अर्को वार्ताका लागि दुवै देशले आआफ्ना अडान कायम राखिरहँदा बिहीबार नयाँ चरणको वार्ता हुनसक्ने विषय बाहिरिएको हो ।
एसोसिएटेड प्रेस (एपी)ले अमेरिका र इरानबीच बिहीबार नयाँ चरणको वार्ता हुन सक्ने खबर प्रसार गरेको छ ।
एपीले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै उल्लेख गरे अनुसार, बिहीबार दुई देशबीच अर्को वार्ता हुनसक्नेछ ।
यसका लागि अमेरिकाले पहल गरिरहेको छ । इरानको प्रतिक्रिया आइसकेको छैन ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया