आर्थिक वर्ष २०८३-८४ को बजेटसम्बन्धी समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई हस्तान्तरण
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को पूर्ण बजेटकालीन आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेश गरिएको छ।
सोमबार अर्थमन्त्री डा. वाग्लेलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले उक्त प्रतिवेदन औपचारिक रूपमा बुझाएका हुन्।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकले नेपाल सरकारको वार्षिक बजेट निर्माण प्रक्रियालाई सहयोग पुर्याउने उद्देश्यसहित मुलुकको समग्र आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी विश्लेषण समेटिएको प्रतिवेदन तयार गरी सरकारलाई उपलब्ध गराएको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ तथा दफा ६९ को उपदफा (४) अनुसार देशको आर्थिक तथा वित्तीय अवस्थाबारे वार्षिक प्रतिवेदन सरकारलाई बुझाउने व्यवस्था रहेको छ।
सोही कानुनी प्रावधानअनुसार आगामी बजेट तर्जुमाका लागि आवश्यक आधारका रूपमा प्रतिवेदन प्रस्तुत गरिएको जनाइएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया