हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति
काठमाडौं । यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही पर्मिट लिएर गन्तव्यतिर निस्किएका हुन् । विभागको पर्वतारोहण शाखाबाट जारी भएको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा ९८८४८।८६ मि० आरोहणका लागि मात्रै ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् ।
त्यस्तै, अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८५८६ मि) आरोहणका लागि समाज सात समूहले अनुमति लिएको छ । अन्नपूर्ण (८०९१ मि) र नुप्से आरोहणका लागि समान चार समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मि) मा चार, धौलागिरी (८१६७ मि) का लागि दुई र ल्होत्से (८५१६ मि) मा एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुलीका लागि चार, थापा पिकका लागि चार समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती हिमाल तथा पिक आरोहणबाट ४४ करोड ८० लाख ९४ हजार रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया