आङ सान सुचीलाई भ्रष्टाचारको आरोपमा पाँच वर्ष जेल सजाय
काठमाडाैं । म्यान्मारको एक सैन्य अदालतले नेता आङ सान सुचीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै थप ५ वर्षको जेल सजाय तोकेको छ ।
सैन्य शासनमा रहेको म्यान्मारको राजधानीस्थित एउटा अदालतले गोप्य सुनुवाइपछि सुचीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।
बुधवार अदालतले उनलाई याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो ।
सन् २०२१ को फेब्रुअरीमा सैन्य कूमा गरी अपदस्थ भए पछि उनलाई सेनाले नजरबन्दमा राखेको छ । नोबेल शान्ति पुरस्कार बिजेता ७६ वर्षीया नेता सुचीलाई सैन्य शासकहरुले कैयौं फौजदारी अभियोग लगाएका छन् । उनले ती आरोप अस्वीकार गर्दै आएकी छिन् ।
यसअघि उनलाई ६ वर्षको जेल सजाय तोकिसकेको थियो । योसहित सुचीले ११ वर्षको सजाय काट्नु पर्ने भएको छ । उनलाई कोरोना महामारीका समयमा लागू मापदण्ड उल्लंघन गरेको र अवैध तरिकाले वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिसकेको छ ।
सुचीमाथि अझै १० वटा भ्रष्टाचारका अभियोग लगाइएका छन् । यी सबै मुद्दामा दोषी ठहरिए सुचीलाई १९० वर्षसम्म जेल सजाय हुन सक्छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया