आङ सान सुचीलाई भ्रष्टाचारको आरोपमा पाँच वर्ष जेल सजाय
काठमाडाैं । म्यान्मारको एक सैन्य अदालतले नेता आङ सान सुचीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै थप ५ वर्षको जेल सजाय तोकेको छ ।
सैन्य शासनमा रहेको म्यान्मारको राजधानीस्थित एउटा अदालतले गोप्य सुनुवाइपछि सुचीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।
बुधवार अदालतले उनलाई याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो ।
सन् २०२१ को फेब्रुअरीमा सैन्य कूमा गरी अपदस्थ भए पछि उनलाई सेनाले नजरबन्दमा राखेको छ । नोबेल शान्ति पुरस्कार बिजेता ७६ वर्षीया नेता सुचीलाई सैन्य शासकहरुले कैयौं फौजदारी अभियोग लगाएका छन् । उनले ती आरोप अस्वीकार गर्दै आएकी छिन् ।
यसअघि उनलाई ६ वर्षको जेल सजाय तोकिसकेको थियो । योसहित सुचीले ११ वर्षको सजाय काट्नु पर्ने भएको छ । उनलाई कोरोना महामारीका समयमा लागू मापदण्ड उल्लंघन गरेको र अवैध तरिकाले वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिसकेको छ ।
सुचीमाथि अझै १० वटा भ्रष्टाचारका अभियोग लगाइएका छन् । यी सबै मुद्दामा दोषी ठहरिए सुचीलाई १९० वर्षसम्म जेल सजाय हुन सक्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया