पूर्वी तराईको घटनाप्रति राष्ट्रपति चिन्तित, प्रधानमन्त्री, पूर्वराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिकाबारेमा प्रथम राष्ट्रपति डा रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।
राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रथम राष्ट्रपति यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताएका थिए । यसअघि बिहीबार राष्ट्रपतिले प्रधानमन्त्री बालेन साहलाई बोलाएर सबैको साथ लिई समस्याको समाधान गर्न आग्रह गरेका थिए ।
ताजा अपडेट
-
वीरगञ्जमा फेरि निषेधाज्ञा जारी
-
पूर्वी तराईको घटनाप्रति राष्ट्रपति चिन्तित, प्रधानमन्त्री, पूर्वराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल
-
मन्त्री चौधरीद्वारा व्यावसायिक प्रांगारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
-
सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वपक्षीय सद्भाव र्याली
-
आफ्ना सांंसदहरूलाई बाेलाएर प्रधानमन्त्रीले भने– सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ


प्रतिक्रिया