NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २९ गते

काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । काठमाडौं–मुग्लिङ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

बिहीबार बिहान करिब सवा २ बजे खसेको पहिरोले काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू सडकमा नै रोकिएका छन् ।

धादिङ प्रहरीले पहिरो पन्छाउन चार वटा उपकरण परिचालन गरिएको जनाएको छ । पहिरो हटाउने काम भइरहेको र सडक सञ्चालनमा आउन अझै करिब आधा घण्टा लाग्ने प्रहरीको भनाइ छ ।

पहिरो हटाउने काम सम्पन्न नभएसम्म काठमाडौं–मुग्लिङ सडक हुँदै यात्रा गर्ने यात्रुहरूले समस्या व्यहोर्नुपर्ने देखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष