रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार
काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन्।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४जना, त्रिशूली–काठमाडौँमा ३जनाको उद्धार गरेको छ।
त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन्।
साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा ५ जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन्।
ताजा अपडेट
-
भोटेकोसी बाढीपीडितका लागि भारत सरकारले पठायो १० टन राहत सामग्री
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो जाँदा भोटेकोशी बाढी
-
नेपाललाई सक्दो मानवीय सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता
-
बाढी प्रभावितको उद्धार र राहतमा एकजुट हुन पूर्वराजाको अपील


प्रतिक्रिया