काठमाडौँ। बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ ।
जसमध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासका भएपछि अहिले कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ मौज्दात छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ । आर्थिक सहयोगका लागि कतिपय देश तथा सङ्घसंस्थाहरूले प्रतिवद्धता समेत जनाएका छन् ।
कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ ।


प्रतिक्रिया