NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १७ गते

भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म १ हजार १२७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ८ बजेसम्म फेला परेका शवमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्। यसबाहेक ४२७ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ। हालसम्म ९५ वटा शव परिवारलाई बुझाइएको छ भने ९११ वटा शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको पाइएको छ। प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार ४ हजार ८५८ जना अझै सम्पर्कमा आउन सकेका छैनन्।

त्यस्तै, थप १ हजार ३५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव संकलन तथा पहिचान र उद्धार कार्य जारी रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष