प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
काठमाडौं । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ११ अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा रु ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको छ।
सरकारले यसअघि कोषमा जम्मा भएको रु १ अर्ब बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि निकासा गरिसकेको छ।
कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा रु ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ जम्मा रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर मौज्दात रहेको छ।
रसुवासहित बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको सरकारले जनाएको छ।
ताजा अपडेट
-
‘नेवार समुदायका परम्परागत मकुण्डोनाच’लाई मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री
-
बाढीपछि मनास्लु र लार्केपास पदयात्रा रोक्न प्रशासनको आग्रह
-
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
-
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती


प्रतिक्रिया