प्रशिक्षक अल्मुताइरीप्रति कप्तान किरण पनि असन्तुष्ट, गरे विद्रोहको समर्थन
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्ना सहकर्मीहरू प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध गरेको विद्रोहको समर्थन गरेका छन् ।
हाल क्लब फुटबलको ड्युटीका क्रममा माल्दिभ्समा रहेका किरणले सामाजिक सञ्जालमार्फत खेलाडीहरूको समर्थन गरेका हुन् ।
उनले राष्ट्रिय टोलीको क्याम्पमा खेलाडीहरूप्रति प्रशिक्षकले गरेको व्यवहार सन्तोजनक नभएको बताएका छन् । खेलाडीले आफ्ना जायज आवाज उठाउन पाउनुपर्ने उनको तर्क छ ।
‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु’, उनले फेसबुकमा लेखेका छन् ।
प्रशिक्षकसँग मनमुटाबपछि १० खेलाडीले छोडे राष्ट्रिय टिमको क्याम्प
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया