नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ ।
ताजा अपडेट
-
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
-
अधिकांश जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन , यसरी चुनिन्छन् नेतृत्व र प्रतिनिधि
-
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
-
नारायणी नदीमा बहाव बढ्दा सुस्ताको थारुटोलामा डुबान, २५ जनाको उद्धार
-
गण्डकीमा आज पर्ने छ ‘भारी’देखि ‘अति भारी’ वर्षा, सोमबारदेखि खुल्ने छ मौसम


प्रतिक्रिया