निजामती कर्मचारीलाई तह वृद्धिको लागि निवेदन दर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले निजामती कर्मचारीलाई तह वृद्धिको लागि निवेदन दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रदेश निजामती सेवाका मातहतका कर्मचारीलाई स्तरवृद्धिको निवेदन दिन आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार आवश्यक योग्यता र सेवा अवधि पुगेका कर्मचारीले पाँच दिनभित्र मन्त्रालयमा निवेदन पेश गर्न सूचनामार्फत जनाएको छ । उक्त तह वृद्धिका लागि कर्मचारीले तह वृद्धि हुने भन्दा एक तह मुनिको पदमा पाँच वर्ष अवधि पुगेको कागजपत्र तथा तह वृद्धिका लागि अध्यादेशमा तोकिए बमोजिम शैक्षिक योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने छ ।
त्यस्तै पछिल्लो पाँच वर्षको कार्य सम्पादन मुल्यांकनमा औसत ९५ प्रतिशत अंक प्रात्त गरेको कासमु फारम बुझाउनु पर्ने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया