NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १५ गते

पाँच ओभरको खेलमा सुदूरपश्चिममाथि विराटनगरको ३५ रनको जित

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ।
वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो। १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले ६ बलमा २८ रन, आरिफ शेखले ८ बलमा १७ रन र सैफ जैबले १० बलमा १७ रन जोडे।
कप्तान दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ रन मात्र बनाउन सके। विराटनगरका लागि आन्द्रे रसेल, रुपेश सिंह र एन्जेलो म्याथ्युजले समान एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो। विराटनगरका शहान जयसूर्याले ११ बलमा ३९ रन र लोकेश बमले १० बलमा २५ रन बनाए।
आन्द्रे रसेल १० बलमा २९ रन जोड्दै अविजित रहे। सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिएका थिए।

ताजा अपडेट

नेपालवाच विशेष