NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २९ गते

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम: मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। एक महिनादेखि अल्पमतमा रहेको सरकारको नेतृत्व गरिरहेका यादवले बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

१ सय ७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। हाल कायम १ सय ३ सांसदमध्ये मुख्यमन्त्री यादवको दल नेपाली कांग्रेससँग २२ सिट मात्र छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको हो।

यदि आजको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसके उनी पदमुक्त हुनेछन्। त्यसपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रदेश सभामा हाल जनता समाजवादी पार्टी (जसपा) २८ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा रहेको छ। जसपाले नयाँ सरकार गठनका लागि आवश्यक रणनीति बनाइरहेको छ। प्रदेश सभामा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक-एक सिट रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष