NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ३ गते

एनपीएलको इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटर खेल आज बुधबार हुँदै छ। प्रतियोगिताको फाइनलमा पुग्ने होडमा आज काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुन लागेका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ। लिग चरणको अंक तालिकामा काठमान्डु तेस्रो र चितवन चौथो स्थानमा रहेपछि यी दुई टोलीले इलिमिनेटरमा स्थान बनाएका हुन्।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग क्वालिफायर खेल खेल्नेछ। एनपीएलको फाइनलमा लुम्बिनीले भने आफ्नो स्थान यसअघि नै पक्का गरिसकेको छ।

ताजा अपडेट

नेपालवाच विशेष