एकल यात्रामा निस्किने योजना छ ? यी कुरा ख्याल राखौं
काठमाडौं । एक्लै यात्रा गर्नु अत्यन्तै चुनौतीपूर्ण मानिन्छ । याे एक फरक प्रकारको साहसिक यात्रा पनि हो । आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कनु, नयाँ मान्छेहरू भेट्ने, नयाँ वस्तुहरु प्रयोग गर्नु कहिलेकाहीँ रमाइलो हुन्छ र असहज पनि हुन सक्छ ।
जे होस्, यस्तो यात्राको अनुभव एक पटक लिनै पर्छ । त्यसैले एकल यात्रालाई अविस्मरणीय बनाउन केही कुराको तयारी गर्नु गर्नु अत्यन्तै आवश्यक हुन्छ ।
पहिलोपटक तपाईँ जाँदै गरेको ठाउँबारे पूर्ण अनुसन्धान गर्नुपर्छ । त्यहाँको मौसम, यातायात, बसोबास, सुरक्षाजस्ता आधारभूत सेवाबारे बुझ्नुपर्छ । यसका लागि पहिले नै त्यहाँ पुगेका साथीहरुलाई सोध्न सकिन्छ र दोस्रो विकल्प इन्टरनेटमा पनि अध्ययन गर्न सकिन्छ ।
एकल यात्राको दोस्रो र महत्त्वपूर्ण नियम भनेको बासस्थानको व्यवस्था हो । यात्रा गर्दै जाँदा आफू पुग्ने ठाउँमा अग्रिम बुकिङ गर्दा धेरै हदसम्म तनावमुक्त हुन्छ र यात्रा सहज पनि हुन्छ ।
अर्को, यात्रा गर्दा आवश्यक कागजपत्र पनि साथमै राख्नुपर्छ । होटल देखि होमस्टे, उडान र अन्य धेरै स्थानमा पहिचान खुल्ने प्रमाणित कागजातहरु आवश्यक हुन सक्छ, त्यसैले यसलाई आफूसँग राख्नुपर्छ ।
एक्लै यात्रमा निस्किँदा आफ्नो जिम्मेवारीसँगै झोला पनि बोक्नुपर्छ, त्यसैले झोलामा धेरै सामान राख्नुहुँदैन । सम्भव भएसम्म एउटा मात्रै झोला बोक्नु सहज हुन्छ । त्यसमा कपडादेखि कागजातहरू सबै आवश्यक चीजहरू सजिलै राख्न सकिन्छ ।
यी सुझावहरूको सहयोगले आफ्नो एकल यात्रालाई आनन्दमयका साथै अविस्मरणीय पनि बनाउन सकिन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया