भारत ‘ए’ विरुद्ध नेपालको लज्जास्पद हार, २६ रनमा अलआउट
काठमाडौं: एसीसी राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ विरुद्ध लज्जास्पद हार बेहोरेको छ। शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भयो।
भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल मात्र २६ रनमा अलआउट भयो। नेपाली ब्याटिङ निकै कमजोर रह्यो र टोलीका पाँच खेलाडी शून्य रनमै आउट भए। अर्जुन कुमाल, कुशल भुर्तेल, बसिर अहमद, लोकेश बम र सन्दीप लामिछानेले खाता खोल्न सकेनन्। अन्य ब्याटरहरूमा प्रतिश जिसीले ४, पवन सर्राफ र राशिद खानले समान ६/६, नन्दन यादवले २, ललित राजवंशीले २ र दीपक डुम्रेले १ रन जोडे। भारतका बलर प्रिन्स यादवले ५ र हर्षित रानाले ४ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे।
त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो। भारतका लागि तिलक बर्माले ११७ र कुमार कुशाग्रले १०७ रनको शतकीय पारी खेले। नेपालका कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले तीन-तीन विकेट लिए। नन्दन यादवले दुई र पवन सर्राफले एक विकेट लिएका थिए।
नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेका कारण रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीजस्ता प्रमुख खेलाडीहरू यस प्रतियोगितामा सहभागी छैनन्। आठ टोली सहभागी रहेको यस प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। नेपालले अब आइतबार यूएई र मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
ताजा अपडेट
-
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
-
भारत ‘ए’ विरुद्ध नेपालको लज्जास्पद हार, २६ रनमा अलआउट
-
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्रीको निर्देशन
-
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
-
‘हेरिटेज हाइड्रो’ पर्यटनको गन्तव्य फर्पिङ

प्रतिक्रिया