NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

सेवा निवृत्त मुसा निजी व्यक्तिलाई पाल्न दिने

काठमाडौं । स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी लुसेन (ईपिएफएल) ले पशु कल्याण संघ स्विस एनिमल प्रोटेक्शन (सएस एपी) सँग स्विजरल्याण्डका प्रयोगशालाहरुमा सेवानिवृत्त भएका मुसाहरु निजि व्यक्तिलाई पाल्न दिने गरी सम्झौता गरेकाे छ ।

संस्थाले ती मुसाहरू सोखका लागि घरमा पाल्न दिन हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरेको हाे । यो सम्झौताले सोखका रुपमा मुसा पाल्न चाहने स्विस नागरिकका लागि वैधानिक मार्ग खुला गरिदिएको छ । इपिएफएलले सम्झौताअनुसार मुसाहरू मानिसलाई दिने छ ।

एसएपीद्वारा जारी विज्ञप्तिअनुसार ती जनावारकाे अनुकूलताकाे जिम्मेवारी याे संस्थाले लिनेछ ।

यो योजना अन्य जनावरहरूमा पनि विस्तार गर्न सकिन्छ ।