तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण, ६ राउण्ड हवाई फायर
काठमाडौं: पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५, गेरमा तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा तस्करको समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेको हो।
सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको सात सदस्यीय टोलीमाथि करिब १०० देखि १५० जनाको समूहले आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा सशस्त्र प्रहरीका चार जना कर्मचारी सामान्य घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउण्ड हवाई फायर गर्नुपरेको थियो। प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
प्रहरी टोलीले तस्करी गरी भारततर्फ लैजाँदै गरेको २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको थियो। तर, ठूलो सङ्ख्यामा आएको समूहले प्रहरीमाथि आक्रमण गर्दै नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लगेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनापछि प्रहरीले दुई बोरा खरबुजाको बीउ मात्रै नियन्त्रणमा राख्न सकेको जनाएको छ।
घटनालगत्तै थप सुरक्षा मद्दतका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट थप टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो समय तस्करी नियन्त्रणका क्रममा सुरक्षाकर्मीमाथि आक्रमणका घटना बढ्दै गएका छन्।
ताजा अपडेट
-
धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ
-
अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द
-
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी
-
सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते
-
तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण, ६ राउण्ड हवाई फायर

प्रतिक्रिया