नबिल बैंकको एकै दिन १४ नयाँ शाखा विस्तार
काठमाडौं । नबिल बैंकले एकै दिन १४ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले बिहीबार ती १४ वटै शाखा उद्घाटन गरेको हो । बैंकले धुम्बाराही, जीतपुर, दुवाकोट, गुसिंगाल, इमाडोल, थली र चिसापानीमा नयाँ शाखा उद्घाटन गरेको हो ।
त्यस्तै बैंकले पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुसा, ढल्केबर धनुसा र दहचोक काठमाडौं गरी १४ शाखा कार्यालयको उद्घाटन गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार नयाँ शाखा कार्यालयसहित बैंकको कुल शाखा कार्यालय १४८ पुगेको छ । बैंकले हाल १८८ एटिएम र १५०० भन्दा बढी देशभर बैंकिङ सेवा दिँदै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया