नबिल बैंकको एकै दिन १४ नयाँ शाखा विस्तार
काठमाडौं । नबिल बैंकले एकै दिन १४ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले बिहीबार ती १४ वटै शाखा उद्घाटन गरेको हो । बैंकले धुम्बाराही, जीतपुर, दुवाकोट, गुसिंगाल, इमाडोल, थली र चिसापानीमा नयाँ शाखा उद्घाटन गरेको हो ।
त्यस्तै बैंकले पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुसा, ढल्केबर धनुसा र दहचोक काठमाडौं गरी १४ शाखा कार्यालयको उद्घाटन गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार नयाँ शाखा कार्यालयसहित बैंकको कुल शाखा कार्यालय १४८ पुगेको छ । बैंकले हाल १८८ एटिएम र १५०० भन्दा बढी देशभर बैंकिङ सेवा दिँदै आएको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया