आइजिपी नियुक्तिविरूद्ध दुई सिनियर एआइजी अदालत जाँदै

काठमाडाैं । नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) मा धीरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याल नियुक्त गरेका छन् । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले उनीहरूलाई आइजिपीमा बढुवा गरेको हो ।
सरकारले प्रक्रिया मिचेर तेस्रो वरीयताका सिंहलाई आइजिपी नियुक्त गरेपछि त्यसको धेरैले विरोध जनाउन थालेका छन् । सरकारले १६ वर्षमूनिका जुनियर एआइजीलाई आइजिपी बनाएपछि सिनियर दुई एआइजीले अदालत जाने तयारी गरेका छन् ।
सिनियर एआइजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीमा लागेका हुन् ।
प्रतिक्रिया