नेपाल टेलिकमले सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा ल्यायो नयाँ अफर
काठमाडौं । नेपाल टेलिकमले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ०७९ का अवसरमा नयाँ अफर ल्याएको छ । टेलिकमले सूचना तथा सञ्चार प्रविधि दिवसलाई लक्षित गर्दै अनलिमिटेड डेटा र भ्वाइससहित कम्बो प्याक, डेटा प्याक र बोनस अन रिर्चाज उपलब्ध हुने अफर ल्याएको हो ।
उक्त अफरअन्तर्गत ग्राहकले तीन दिन सम्म प्रयोग गर्न सक्ने ६ जीबी डेटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यस्तै २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन–नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा ५० प्रतिशत छुटसहित उपलब्ध गर्न सकिने कम्पनीले जनाएको छ ।
टेलिकमले उक्त अफर हिजोबाट सञ्चालनमा ल्याएको छ ।
उक्त अफर एक सातासम्म चल्ने कम्पनीले जानकारी गराएको छ । यसका साथै टेलिकमले २०० देखि ४९९ सम्मको एमपोस रिर्चाज गर्दा दुई दिसम्म प्रयोग गर्न सकिने एक जीबीको डेटा प्याक र ५०० तथा सो भन्दा बढीको एमपोस रिर्चाजमा चार दिन सम्म प्रयोग गर्न सकिने दुई जीबी डेटा प्याक पाइने कम्पनीले उल्लेख गरेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया