अगम बिकरालको ‘एकान्तमा’ सार्वजनिक
काठमाडाैं । गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाँकन भएको भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् ।
गीतमा मेलिना राइले स्वर दिएकी छिन् । गीतमा नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ । भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ ।
गीतकार बिकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका उनले करिब एक दर्जन गीत रेकर्ड गराएका छन् । बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत पनि लोकप्रिय छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया