गोली चलेकोबारे विराटनगरका एसपीको प्रतिक्रिया, ‘मेरो कार्यक्षेत्रभित्र परेन’
काठमाडौं । मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
नेपालवाचसँग कुरा गर्दै उनले सीमापारी घटेको घटना आफ्नो कार्यक्षेत्रको नपर्ने भएकाले केही बोल्न नमिल्ने प्रतिक्रिया दिए ।
‘यसबारे मलाई जानकारी छैन । पारीतिरको विषय हो । आफ्नो कार्यक्षेत्रभित्र परेन’, उनले भने ।
आज दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा बलका जवानले करिब तीन राउण्ड गाेली चलाएका थिए ।
स्थानीयका अनुसार नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुरनजिक गोली चलेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया