प्रेस तथा अभिव्यक्ति स्तन्त्रता लोकतन्त्रको आधारस्तम्भ : सभामुख
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताए ।
“प्रेसजगत्को यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु । नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु”, उनले भने ।
सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वका हिसाबले आफू सधैँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
-
सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते
प्रतिक्रिया