प्रेस तथा अभिव्यक्ति स्तन्त्रता लोकतन्त्रको आधारस्तम्भ : सभामुख
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताए ।
“प्रेसजगत्को यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु । नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु”, उनले भने ।
सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वका हिसाबले आफू सधैँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया