नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा नेपाल फाइनान्सको सेयर मूल्य समयोजन भएको छ । कम्पनीको ७० प्रतिशत हकप्रद सेयर मूल्य नेप्सेमाम समायोजन भएको हे ।
नेपाल फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ बुधबार (वैशाख २१ गते) बुक क्लोज गर्दैछ । नेप्सेले कम्पनीको ७० प्रतिशत हकप्रद सेयरपछिको समाजोजित भाउ ३११।१८ रुपैयाँ कायम गरेको छ । अब बुधबार सोही भाउलाई आधार मानेर नेपाल फाइनान्सको सेयर कारोबार खुल्नेछ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
मंगलबार इदको अवसरमा सार्वजनिक विदा परेका कारण सोमबार ९वैशाख १९ गते० सम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले धितोपत्र बोर्डबाट १:०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४।२८ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद सेयर निष्कासनको मिति पनि तय हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । हाल यस फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया