वीर अस्पतालमा गैरकानुनी रूपमा कर्मचारी भर्ना, अख्तियारमा उजुरी
काठमाडौं । वीर अस्पतालमा गैरकानुनी रूपमा कर्मचारी भर्ना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नेपालवाचलाई प्राप्त भिडियोमा राप्रपाका कार्यकर्ताले अस्पतालमा भएको गैरकानुनी नियुक्तिको भत्सर्ना गरेका छन् ।
वीर अस्पतालले करार सेवामा २०७८/५/२१ गते ५० जना स्टाफ नर्स करारको लागि नियुक्ति गर्ने भनेर सूचना प्रकाशन गरेको थियो ।
तर, त्यसको ठिक १९ दिनपछि अर्थात् २०७८/६/१० गते कोरोनाकालमा न्यून आय भएको कारण देखाइयो ।
ती कार्यकर्ताका अनुसार यही कारणलाई आधार बनाएर स्टाफ नर्स माग गर्दै प्रकाशित गरिएको सूचनालाई रद्द गरियो ।
तत्कालका लागि स्टाफ नर्स नचाहिने भन्दै सूचना रद्द गरे पनि अस्पताललाई नियमविपरित कर्मचारी भर्ना गरेको आरोप लागेको हो ।
सूचना रद्द गरेको तीन महिनापछि भने कुनै लिखित परीक्षा, अन्तर्वार्ता र खुला प्रतिस्पर्धा नै नगराई ५० जना कर्मचारी भर्ना गरेको आरोप छ ।
यसरी मनलाग्दी आफ्ना मान्छे भर्ती गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का केही नेता तथा कार्यकर्ताले आज आयोगमा उजुरी हालेका हुन् ।
अस्पतालले निजामती ऐन २०७५ लाई उल्लंघन गरेर ५० जना आफ्ना मान्छे नियुक्त गरेको उनीहरूको आरोप छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया