सामुदायिक वनबाट काठ तस्करी गरेको आरोपमा एक पक्राउ
उदयपुर । उदयपुरको सामुदायिक वनबाट काठ तस्करी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
बेलाका नगरपालिका वडा नम्बर–८ बस्ने आकाश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
बेलाका नपा – ८ र ९ मा पर्ने माछापुछ्रे सामुदायिक वन उपभोक्ता समूहबाट अवैधरूपमा साँखु जातको काचो गोलिया काठ २३.५ किबी तस्कर गरी आफ्नै घरपछाडि लुकाएर काटिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
साहले सामुदायिक वनमा पटक–पटक तस्कर गर्ने गरेको गोप्य सुराकीका आधारमा इलाका प्रहरी कार्यालय, बेलाले पक्राउ गरी जिल्ला वन कार्यालयलाई बुझाइएको हो ।
उनको साथमा काठसँगै चिरानमा प्रयोग भएका आरालगायत हतियार पनि भेटिएको उदयपुर प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया