नवलपुर समाज दक्षिण कोरियाको अध्यक्षमा हेम पाठक सर्वसम्मत
विशाल श्रेष्ठ (दक्षिण कोरिया) – नवलपुर समाज, दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै अधिवेशन दुई माध्यमले भएको थियो । राजधानी सउलमा प्रत्यक्ष उपस्थित भएर र भर्चुअल माध्यम (जुम)बाट सम्पन्न भएको हो ।
सो अधिवेशनले समाजको अध्यक्षमा हेम पाठकलाई सर्वसम्मत चयन गरेको छ । कृष्ण डुम्रेको अध्यक्षता भएको अधिवेशनले पाठक अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै, अधिवेशनले हरि कँडेल वरिष्ठ उपाध्यक्ष तथा राजु पाण्डेलाई सचिवमा सर्वसम्मत चयन गरेको छ ।
यसैगरी, उपाध्यक्षहरूमा श्रीधर कँडेल, मनोज पंगेनी र प्रकाश थापा निर्वाचित भएका छन् ।
त्यस्तै, सहसचिवमा किशोर बस्याल, कोषाध्यक्षमा अमृत भुर्तेल, सहकोषाध्यक्ष पुनम पाठक तथा सदस्यहरूमा योगेश घिमिरे, सन्तोष भट्टराई, तीर्थ पाण्डे र ध्रुव गुरुङलाई चयन गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया