जसपाले ओलीतन्त्रको घाँस खान्न, चेतना भया ! : भट्टराई
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरीलगायतका बन्दीको रिहाइलाई प्रधानमन्त्री केपी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् भन्दै आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधामन्त्री समेत रहेका डा. भट्टराईले यस्तो बताएका हुन् । उनले बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो र ? भन्दै प्रश्न गरेका छन् । साथै उनले आफ्ना कार्यकर्ता रिहाइका लागि कांग्रेस कम्युनिष्टहरु पनि पञ्चायतमा सहभागी नभएको भन्दै प्रश्न गरेका छन् । उनले जसपा रेशम चौधरीको रिहाइका लागि सरकारमा सहभागी नहुने भन्दै नेत्रविक्रम चन्द विप्लवप्रति पनि व्यङ्ग्य गरेका छन् । ‘रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस्१ के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेसरकम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !’ उनले ट्वीटमा लेखेमा छन् ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया