पुल बनेपछि स्थानीयमा खुशियाली
बाँके । जिल्लाको खजुरा गाउँपालिका–७, सिन्दुरेस्थित जेठी नालामा स्टिल ट्रस पुल निर्माणपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासी पूर्णिमा सुनारले बताए । हिउँदको समयमा समस्या नभए पनि वर्षात्को समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उनको भनाइ छ । पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा र खजुरा बजार आवत–जावत गर्न अब धेरै सजिलो भएको छ ।
खजुरा–७ सिन्दुरेस्थित जेठी नालामा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
पुल बनेपछि स्थानीयवासीले गाउँपालिका सरकारको अनुभूति गर्न पाएको खजुरा–७ का अध्यक्ष अतिउल्ला खानले बताए । उपभोक्ता समितिमार्फत रु २८ लाख ३४ हजार ६०७ लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकृत दिलबहादुर पौडेलले बताए ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया