निर्वाचनअघि नै सबै नागरिकले खोप लगाइसक्नेछन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइसक्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीयसभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले खोपको समस्या विस्तारै समाधान हुँदै गएको पनि दावी गरेका छन् । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी वर्षदेखि प्रत्यक्ष भेटघाटबाटै यस्ता कार्यक्रमहरु गर्न सकिने जिकिर गरे । उनले निर्वाचन अघि नै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दावी गरेका हुन् । आगामी मंसिरमा निर्वाचन तोकिएको र त्यसअघि सबै नागरिकलाई खोप लगाएर मतदानका लागि तयार पारिने प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गरे । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको प्रधानमन्त्रीको भनाइ थियो ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया