हंगेरीले अगस्टदेखि तेस्रो मात्रा खोप लगाउन आह्वान गर्ने
काठमाडौं । हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोपको तेस्रो डोज लगाउन आह्वान गर्ने भएको छ । प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो । तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने र लगाउन चाहेकाहरुले भने लगाउने पाइने व्यवस्था गरिने उनले बताएका छन् । ‘खोप लगाउने योग्य रहेका, आवश्यकता देखिएका, स्वास्थ्य अवस्थाले अनुकूल भएका सबै नागरिकलाई तेस्रो खोप लगाउने व्यवस्था गर्न लागिएको छ,’ सार्वजनिक एक रेडियोलाई दिएको अन्तवार्तामा उनले भने । दोस्रो डोज खोप लगाएको कम्तीमा चार महिनापछि मात्रै तेस्रो खोप लगाउन दिइने सरकारले जनाएको छ । कुन व्यक्तिलाई तेस्रो मात्राको खोप लगाउन दिने वा नदिने भन्ने बारेमा उसको सवै स्वास्थ्य विवरण हेरेर चिकित्सकहरुले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘कोरोनाभाइरस विरुद्धको खोपको तेस्रो मात्रा लगाउनका लागि डराउनुपर्ने कुनै कारण छैन, कसैले लगाउन चाहन्छन् भने अवसर पनि दिनुपर्छ भन्ने मान्यताले तेस्रो खोपको व्यवस्था गर्न लागिएको हो,’ प्रधानमन्त्री अर्बानले भनेका छन् । आफ्ना नागरिकको सुरक्षाका लागि यसअघि अरु देशहरुले पनि तेस्रो खोप लगाउन सकिने व्यवस्था गरेका थिए । (रासस)
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया