हत्या आरोपमा पक्राउ
सुर्खेत । जिल्लाको वीरेन्द्रनगर–२, खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।
रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो । सूचना लगत्तै कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।
प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नियन्त्रणमा लिइएका रमेशलाई आज सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रारम्भ गरिने जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया