नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग, मन्त्रीले भने : छलफलपछि खबर गर्छु
काठमाडौं । नेपाल–कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहलहोस् ।”
निर्देशक ह्वाङ्क्युले राखेको प्रस्तावमा मन्त्री आलेले नेपाल–कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताए । उनले भने, “तपाईँहरूले राख्नु भएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छौँ ।”
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया