राखेपको अधिकार पाएको तीन दिनमै सहसचिवको सरुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार प्रत्यायोजन गरिएका सहसचिव कमलप्रसाद पोखरेलको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको यही माघ २४ को निर्णयअनुसार, राखेपको कार्यकारी अधिकार पोखरेललाई दिने निर्णय गरेको थियो । हाल राखेप सदस्य सचिव रिक्त छन् । यही निर्णयअनुसार उनले माघ २६ मा कार्यकारी अधिकार पाएका थिए । यस्तो निर्णय गरिएको तीन दिनमै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा गरिदिएको छ ।
पोखरेलको सरुवा गरिए पनि राखेपको कार्यकारी अधिकारबारे अर्को निर्णय लिइसकेको छैन ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया