मास्क कालोबजारी गर्ने दुई औषधि व्यवसायी पक्राउ

हेटौडा । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने वताइएको छ ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया