श्रीलंकामा विदेशी मुद्रा मौज्दात ५० करोड डलरभन्दा थाेरै
कोलम्बो । श्रीलंकामा प्रतिकूल आर्थिक संकटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार यहाँका वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन् ।
श्रीलंकाको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक संकट नरोकेको खण्डमा त्यसले देशलाई गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख गरेको कोलम्बो पेज नामक समाचार संस्थाले जनाएको छ । अर्थमन्त्रीका अनुसार करको दर घटाउने निर्णय गम्भीर गल्ती भएको बताएको बताइएको छ ।
श्रीलंकाले चाँडै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भेटेर श्रीलंकाको मुद्रालाई थप अवमुल्यन हुनबाट जोगाउने उपायहरू खोज्नुपर्ने बताए ।
उनले भने, ‘सबै सरकारले निर्भरताको मानसिकताअनुसार काम गरे । यो लामो समयसम्म ऋण बोझको परिणाम हो । कोलम्बो पेजले रिपोर्ट गरेझैं हाम्रो समयमा भएका गलत नीतिहरूले पनि यस्तो परिस्थिति सृजना गर्न मद्दत गरेको हुनसक्छ ।’
वित्त मन्त्रीले संसदलाई भविष्यमा आयकर दर बढाउनुपर्ने भन्दै आफ्नो राय संसदमा राखेका थिए । उनले रोजगार व्यक्तिहरूलाई आफ्नो कमाइको केही अंश राज्यका लागि योगदान गर्न पनि आग्रह गरेका छन् ।
सावरीले भने, ‘समाज नै प्रभावित बनेको बर्तमान अवस्थामा कमाउनेहरूले केही योगदान गर्नैपर्छ । आगामी दुई देखि तीन वर्षमा आम्दानी करलाई करिब १५ प्रतिशतले वृद्धि गर्नुपर्नेछ ।’
उक्त अवसरमा वित्त मन्त्रीले अन्तरराष्ट्रिय मुद्रा कोषसँगको वार्ताको प्रगति प्रतिवेदन संसदका सबै सदस्यहरूलाई वितरण गरिएको भन्दै सबैले आफ्नो स्थानबाट राज्यको संकट टार्नका लागि योगदान गर्नुपर्ने अवस्था रहेको बताएको कोलम्बो पेजले उल्लेख गरेको छ ।
यसैबीच, पर्यटन क्षेत्रमा कोभिड-१९ महामारीका कारण परेको प्रभावले श्रीलकांको अर्थतन्त्र खस्किएको उनले जिकिर गरे । श्रीलंकाले कम्तीमा पनि १० घण्टाको दैनिक विद्युत् कटौती गरिरहेको छ । यहाँको मुद्रा मार्च ८ पछि अमेरिकी डलरविरुद्ध करिब श्रीलंकाली ९० रूपैयाँले अवमूल्यन भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया