कोरोनाबाट २३ वर्षीय युवाको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५१ पुगेको छ ।
शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया