ओली गुटका कारण मधेसको समस्या समाधान हुन सकेन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् ।
आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसको समस्याका समाधानका लागि संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभामा पेश गरे पनि ओली गुटको कारण सम्भव नभएको बताए ।
मिथिला नगरपालिका-९ स्थित ढक्लेवरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेसी जनताको हक अधिकारको निम्ति वर्तमान गठबन्धन बनेको जिकिर गरे ।
‘मधेसमा बुवा-आमा नागरिक हुने अनि उनका सन्तती नागरिक नहुने यस्तो कहिँ हुन्छ ? तपाईंहरूले नागरिकताको सवालमा उठाएको समस्या समाधान गर्नका लागि मैले सरकारको तर्फबाट संविधान संशोधन प्रस्ताव लगेको थिएँ’, उनले भने, ‘केपी ओली गुटका कारण सम्भव भएन । उनले संसद पटक-पकट विघटन गरी लोकतन्त्र, संविधान, संघीयता र गणतन्त्रमाथि प्रहार गर्न खोजे ।’
माओवादी जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धी उल्टाउन खोज्ने प्रतिगामी शक्तिविरुद्ध एकजुट हुन उनले आग्रह गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया