मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ ।
यस गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको सुमधुर स्वर सुन्न सकिनेछ । रोमाञ्चक शैलीको यस गीतलाई शङ्कर थापा ‘स्माइल’ ले सङ्गीतवद्ध गरेका हुन। गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।
‘यस्तै मायाको यो मौसम फेरि आउला, न आउला’, ‘दिलमा उस्तै प्रेमको आभास होला, नहोेला’, ‘भेटी नै सकियो त हामी साथ नछुटोस्’ ‘पाइसकेको यो मौका फेरि नगुमोस्’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् ।
मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधीर श्रेष्ठ र जुना कार्कीको अभिनय रहेको छ । इलाम र झापाका मनोरम दृश्यमा सुजन श्रेष्ठले भिडियोको छायाङ्कन गरेका हुन।
त्यस्तै म्युजिक भिडियोकाे सम्पादन दिन्शन शाहले गरेका हुन। मोडल सुधीरको युट्युब च्यानल ‘सुधीर श्रेष्ठ सिर्कार’ मार्फत् उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया