स्वास्थ्य अनुसन्धान परिषदले माग्यो विषयगत विज्ञ
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले विषयगत विज्ञ मागेको छ ।
परिषदले सोमबार सूचना जारी गर्दै अनुसन्धान परिषद तथा अन्तर्राष्ट्रिय दातृ निकाय एंव विभिन्न विश्व विद्यालयको सहयोगमा सञ्चालन हुने अनुसन्धान परियोजनाका लागि विषयगत विज्ञ मागेकोे हो ।
परिषदले इच्छुक नागरिकलाई विज्ञता खुल्ने वैयक्तिक विवरणसहित १० दिन भित्र निवेदन पेश गर्न आव्हान गरेको छ । परिषदले उक्त विज्ञ सूचिबाट परियोजनाको प्रकृति बमोजिम आवश्यकता अनुसार विज्ञ छनोट गर्ने छ ।
इच्छुक व्यक्तिले निवेदन परिषदको इमेलमा पठाउन सक्नेछन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया