गठबन्धनमा कन्तविजोग छ, कांग्रेस धम्की सुन्ने पार्टी बन्यो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन कन्तविजोग भएको टिप्पणी गरेका छन् । चुनावी सभालाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थी र अवसरवादीहरू समूह भएकाले असन्तुष्टि बढ्दै गएको बताए ।
‘गठबन्धन कन्तविजोग भएको छ । त्यहाँभित्र अहिले असन्तुष्टिको भाषा बढ्दै गएको छ । कांग्रेस अहिले धम्की सुन्ने पार्टी भयो’, ओलीले भने, ‘एउटाले चितवानमा धम्क्यायो । अर्कोले अर्कोले हिजो यहाँ आएर धम्की दिएछ । विचरा कांग्रेस कसको धम्की सुन्ने ?’
माधव नेपालप्रति इंगित गर्दै ओलीले चितवनको एउटा नेताको सिको गर्दै अर्को नेताले यहाँ आएर धम्क्याउँदासमेत कांग्रेस टुलुटुलु हेरेर बसेको बताए ।
‘एउटाले चितवनमा के धम्क्याएको थियो अर्कोले अर्कोले यहाँ आएर मैले बनाएको प्रधानमन्त्री होइन ? मैलै बनाएको मन्त्री होइन ? हामीलाई हेप्न मिल्छ ? दम्भ राख्यो भने सिद्धिन्छ भनेर थर्काएछ ।’
उनले आगामी संघीय चुनावसम्म गठबन्धन दलसमेत नरहने दावी गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया