गठबन्धनमा कन्तविजोग छ, कांग्रेस धम्की सुन्ने पार्टी बन्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन कन्तविजोग भएको टिप्पणी गरेका छन् । चुनावी सभालाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थी र अवसरवादीहरू समूह भएकाले असन्तुष्टि बढ्दै गएको बताए ।
‘गठबन्धन कन्तविजोग भएको छ । त्यहाँभित्र अहिले असन्तुष्टिको भाषा बढ्दै गएको छ । कांग्रेस अहिले धम्की सुन्ने पार्टी भयो’, ओलीले भने, ‘एउटाले चितवानमा धम्क्यायो । अर्कोले अर्कोले हिजो यहाँ आएर धम्की दिएछ । विचरा कांग्रेस कसको धम्की सुन्ने ?’
माधव नेपालप्रति इंगित गर्दै ओलीले चितवनको एउटा नेताको सिको गर्दै अर्को नेताले यहाँ आएर धम्क्याउँदासमेत कांग्रेस टुलुटुलु हेरेर बसेको बताए ।
‘एउटाले चितवनमा के धम्क्याएको थियो अर्कोले अर्कोले यहाँ आएर मैले बनाएको प्रधानमन्त्री होइन ? मैलै बनाएको मन्त्री होइन ? हामीलाई हेप्न मिल्छ ? दम्भ राख्यो भने सिद्धिन्छ भनेर थर्काएछ ।’
उनले आगामी संघीय चुनावसम्म गठबन्धन दलसमेत नरहने दावी गरेका छन् ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया