चीनमा अबको ३ वर्षभित्र नर्सको संख्या ५५ लाख पुग्ने
बेइजिङ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सन् २०२५ सम्ममा देशमा ५५ लाख नर्सहरू हुनेछन् ।
सन् २०२५ सम्ममा प्रति हजार जनामा ३ दशमलव ८ दर्ता नर्स रहने नर्सिङ विकास योजनाले देखाएको छ ।
सन् २०२० को अन्त्यमा, चीनमा दर्ता नर्सहरूको संख्या ४।७ मिलियनभन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ ।
देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा सोभन्दा माथिको डिग्री छ रहेको जनाइएको छ । नर्सिङको सुधारले मानिसहरूको स्वास्थ्य सुधार गर्न मद्दत पुग्नेछ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया